amit-md2021-05-06-09-48-51

धनगढी, २३ बैशाख । धनगढीमा अक्सिजन लुकाएर कालोबजारी गर्ने सञ्चालकलाई कागजात पेश गर्न निर्देशन दिईएको छ ।

धनगढीस्थित अमित मेडिसिन डिस्ट्रिब्युटर्समा छापा मार्दै प्रहरी प्रशासन र वाणिज्य कार्यालयको टोलीले कागजपत्र पेश गर्न दिर्नेशन दिएको हो।

सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको गुनाको आधारमा अनुगमन गरिएको थियो।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको थियो।

जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए ।

खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई दिर्नेशन दिएको वाणिज्य कार्यालयका प्रमुख कमल पुनल बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ