1515556400pakrau-new-1

कञ्चनपुर, ७ फागुन । कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार महाकाली माध्यमिक विद्यालयमै कक्षा ६ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोप आरोप लागेको जनाएको छ । पीडित बालिकाका परिवारले ढुङ्गानाविरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धान भईरहेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ