1800x1200_virus_3d_render_red_03_other-1-1

काठमाडौं,१० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफुहरु सकारात्मक रहेको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्री त्रिपाठीले विज्ञहरुको सुझावका आधारमा स्वास्थ्य संकटकाल लगाउने विषयमा आफूहरु सकारात्मक रहेको बताएका हुन् । ‘विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका छन् । मन्त्रालय त्यसमा सकारात्मक छ’, उनले भने ।

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए । संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने उनको भनाई छ ।  

थप ६ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६ की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष र वडा नम्बर ८ की ६० वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।कञ्चनपुरको कृष्णपुर नगरपालिका– का ४४ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ४४ वर्षकै पुरुषको मृत्यु भएको उनले बताए ।यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ सय ७३ जना संक्रमित थपिएका छन् । ७ सय ५२ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ