parchanda-pt2021-05-24-04-09-55

काठमाडौँ,१० जेठ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँका लागि पार्टी संगठन परिचालन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समिति गठन गरेको छ।

समितिले केन्द्रदेखि वडास्तरसम्मका पार्टी कमिटीलाई कोरोना विरुद्धको लडाइँमा परिचालन गर्ने निर्णय गरिएको छ । जेठ ५ र ६ गते बसेको माओवादी स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले अस्पताल वरिपरि सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गरेर आपूर्ति गर्ने तथा पीपीई उत्पादन गरेर वितरण गर्ने निर्णय भएको जनाएका छन् ।

बैठकबाट पारित प्रस्तावमा लेखिएको छ, ‘सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिने छ ।’

माओवादीले पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरेर निर्वाचित जनप्रतिनिधिले पाउने पारिश्रमिक वा मासिक भत्ता बुझाउनुपर्ने निर्णय गरिएको छ ।

यस्ता छन् निर्णयहरू ;-

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ