188514130_3750903985035696_8037372880919322745_n

हसुलिया १२ जेठ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हसुलिया तथा यस अन्तर्गतको मोहन्याल डिजिटल प्वाइन्ट फुलवारी द्वारा कैलारी गाउँपालिका हसुलिया कैलाली र धनगढी उपमहानगरपालिका १८ नं वडा कार्यालय फुलवारीको स्थानीय तहलाइ नगद ५० हजारको चेक हस्तान्तरण गरियो।

यस संकटको घडीमा निरन्तर सामाजिक उत्तरदायीत्व बहन गर्दै यस छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हसुलिया तथा यस अन्तर्गतको मोहन्याल डिजिटल प्वाइन्ट फुलवारी द्वारा विस्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाइरस को दोस्रो लहरले आक्रान्त पारिरहेको अवस्थामा कैलारी गाउँपालिका हसुलिया कैलाली र धनगढी उपमहानगरपालिका १८ नं वडा कार्यालय फुलवारीको स्थानीय तहमा कोरोना माहामारी प्रकोप ब्यवस्थापन कोषमा थप टेवा पुगोस भन्ने उदेश्यले रु . २५/२५ हजार गरी जम्मा रु. ५० हजारको चेक गाउपालिका उपप्रमुख श्रीमती लक्ष्मी सत्गौवा थारू ज्यु र ध‌‌.उ.म.न.पा.१८ नं वडाका वडा सचिव बलदेव ओझा ज्यू लाई हस्तान्तरण गरिएको कुरा छिमेकीका हसुलिया शाखा प्रबंधक भुवन कुमार सार्कीले जानकारी गराउनुभयो ।

साथै यस वित्तीय संस्थामा आवद्ध हुनुभएका यस संस्थाका सहयात्री सदस्य तथा अभिभावक ज्यू हरू यदी कोरोना भाइरस बाट संक्रमित भएमा घरमै स्वास्थ्य लाभ लिइरहनु भएको भए पोषणयुक्त खानाको लागी रू.२०००/ र अस्पतालमा उपचारार्थ रहनुभएका लागी उपचार खर्च रू.१०,०००/सम्म सहयोग रकम प्रदान गर्ने व्यवस्था भएकाले आफु आवद्ध शाखा कार्यालयमा फोन मार्फत जानकारी दिनुहुन पनि अनुरोध गरेको कुरा जानकारी गराउनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ