kanchanpur10

कञ्चनपुर, १७ साउन । कञ्चनपुरमा जारी निषेधाज्ञा साउन मसान्त सम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था बाहेक बाकी सबै कार्य सञ्चालन गर्न सकिने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ