काठमाडौं, ११ भदौ । काठमाडौंमा श्रीकृष्ण जन्माष्टमी एवं थारू समुदायको अष्टिम्की पर्व सामुहिक रुपमा भव्य र सभ्य तरिकाले मनाउने भएको छ।

विभिन्न उदेश्यले काठमाडौंमा बसोबास गरिरह्नु भएका सम्पुर्ण महानुभावहरुले एक ठाउँमा जम्मा भइ थारुहरुको लोक पर्व अष्टिम्की सामुहिक रुपमा भव्य र सभ्य तरिकाले मनाउन निर्णय गरेको हो । भेलाले १५ सदस्यीय शिव बहादुर चौधरीको संयोजकत्वमा कार्यसमिति पनि चयन गरेको छ । कार्यक्रम ब्यबस्थापन गर्नको लागी बिभिन्न उपसमिति पनि चयन गरिएको छ, जसमा मन्च ब्यबस्थापनको संयोजक गीता चौधरी, आर्थिक ब्यबस्थापनमा दिनेश चौधरी, प्रसार-प्रसारमा यम चौधरी, स्वयसेवक परिचालनमा प्रताप पल्परिया, साँस्कृतिक ब्यबस्थापनमा अन्जू चौधरी लगायत रहेका छन । स्थान भने आज सार्बजनिक गर्ने जानकारी समितिक संयोजक शिव बहादुर चौधरीले जानकारी गराउनु भयो ।



सो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । यस वर्ष अष्टिम्की पर्व आउँदो मंगलबार अर्थात भदौ १४ गते परेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरि नेपाल सरकार मन्त्रिपरिषदको यहि भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरि बिदा दिइएको जनाएको छ ।