एन.सी.एफ.एन.को सहकार्यमा निर्माण सम्पन्न भएका लुम्बिनी प्रदेश दाङ जिल्ल राजपुर गाँउपालिक वडा नं ४ स्थित पवित्र मण्डली र रुपन्देही जिल्ला चरङ्गे न.पा. वडा नं ४ स्थित चरङ्गे ज्योति मण्डली भवन क्रमश मिति २०७८ भाद्र २१ र २२ गते स्थानीय मण्डलीका पास्टरको अध्यक्षता एवं एन.सी.एफ.एन.का सचिव पा. बीरबहादुर तामाङको प्रमुख आतिथ्यमा भवन सर्मपन कार्यक्रम आशिषमयरुपमा सम्पन्न भएको छ । पवित्र मण्डली अर्पण कार्यक्रमा प्रमुख अतिथि पा. बीरबहादुर तामाङज्यूले वचनको सेवा गर्नुभएको थियो, एन.सी.एफ.एन. लुम्बिनी प्रदेश अध्यक्ष पा. हेम दासज्यू, एन.सी.एफ.एन. केन्द्रिय कार्यालयका अधिकृत रुद्रदेव बि.क लगायत आमान्त्रीत स्थानीय मण्डलीका पास्टरज्यूहरुले शुभकामन व्यक्त गर्नुभएको थियो । त्यसरी नै राजपुर गाउपालिकाकी उपाध्यक्ष धनपति देवी यादव विशेष अतिथिको रुपमा सहभागी हुनुभई कार्यक्रमा शुभकामना मनतव्य व्यक्त भयो र आफ त्यस क्षेत्रको जनप्रतिनिधि भएको नाताले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोगको लागि पहलगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई भवन निर्माण संयोजक डि. जीतकुमार घर्तीज्यूले प्रभावकारीरुपमा सञ्चालन गर्नुभएको थियो र अन्त्यमा कार्यक्रमकी सभापति एल्डर हिराकुमारी बुढाले पवित्र मण्डली भवन निर्माणको लागि आत्मिक तथा आर्थिकरुपमा सहयोग गर्नुहने एन.सी.एफ.एन. लगायत स्थानीय मण्डलीका सदस्यहरुप्रति कृतज्ञात व्यक्त गर्नुभई कार्यक्रम समापन गर्नुभएको थियो ।
ेत्यसैगरी भाद्र २२ गते रुपन्देहीमा आयोजित चरङ्गे ज्योति मण्डली अर्पण कार्यक्रममा एन.सी.एफ.एन. केन्द्रीय सचिव वीरवहादुर तामाङ र एन.सी.एफ.एन.का केन्द्रीय सल्लाहकार एवं काठमाण्डौं ज्योति मण्डलीका बरिष्ठ पास्टर डा. सिमोन पाण्डेज्यूले संयूक्त रुपमा रिवन काटेर मण्डली उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा लुम्विनी प्रदेश युवा अध्यक्ष हनोक दास, लुम्बिनी प्रदेश अध्यक्ष हेमदास, ज्योति मण्डलीसमुदाय अध्यक्ष मनोहर पाठक, एन.सी.एफ.एन. केन्द्रिय सचिव वीरबहादुर तामाङज्यूले शुभकामना मनतव्य दिनुभयो भने वत्ता सिमोन पाण्डेज्यूले परमेश्वरको वचनबाट आशिषित तुल्याउनु भएको थियो । कार्यक्रमलाई ज्योति मण्डलीका गुरुआमा मन पाण्डेज्यूले सञ्चालन गर्नुभएको थियो
कोभिड १९ को महामारीले गर्दा नेपला लगायत विश्वनै आक्रान्त भइरहेको परिस्थितिमा निर्माण सम्पन्न भएका मण्डलीहरु लामो समयदेखि प्रत्यक्षरुपमा उद्घाटन गर्न सकिएको थिएन । नेपाल सरकारले कोभिड निषेधाज्ञा हटाईसकेपछि पहिलो पटक यी दुई मण्डलीहरु उद्घान गरिएको हो ।