भाषा

काठमाडौं, ३१ भदौ । भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।

आयोगका प्रवक्ता डा। लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् ।

२०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा थारु भाषा मात्र उल्लेख भएको तर राना थारु भाषा उल्लेख नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै आयोगले यसै वर्ष हुने जनगणनामा सुदूरपश्‍चिम प्रदेशको बहुसंख्यक जनताले बोल्‍ने भाषाको रुपमा तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रदेश कामकाजको भाषाको रुपमा सिफारिस गर्ने बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ