nagar2021-10-31-06-19-09

धनगढी,१४ कात्तिक । कैलालीका एक युवकलाई जुत्ताको माला र कालोमसो दलेर सामाजिक बहिस्कार गरिएको छ ।

शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मुन्डन गराएर कालो मसोसहित वनबहेडा बजार परिक्रमा गराइएको हो ।

उनले मदिरा सेवन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले मदिरा सेवन गरी स्थानीय महिलालाई फोन गरेर दुव्र्यवहार गर्ने गसेको समेत स्थानीयले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ