Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
माग धान्ने उत्पादन छ, प्रशारणमा समस्या नआए सहज हुन्छ : प्राधिकरण – कैलारी पोष्ट
617e8e2a4e924_electricity__supply

कात्तिक १४ गते । दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भटट्राईले बताउनुभयो ।
पिक आवरमा १२ सय मेगावाट विद्युतको माग हुने गर्छ तर प्राधिकरणले १५ सय मेगावाट विद्युत सप्लाइ गर्न सक्ने क्षमता भएकाले विद्युत आपूर्तिमा कुनै पनि समस्या नहुने उहाँले बताउनुभयो । पर्याप्त विद्युत भएका कारण यस वर्ष विद्युत व्यवस्थापनका लागि कुनै पनि योजना नबनाएको प्राधिकरणले जनाएको छ । गत वर्षको तिहारको समयमा उच्चतम ११ सय २० मेगावाटसम्म विद्युत माग भएको प्राधिकरणको तथ्याङ्क छ ।
डिमान्डभन्दा सप्लाइमा विद्युत क्षमता बढी रहेकाले कुनैपनि अवस्थामा विजुली नजाने प्राधिकरणले जनाएको छ । तर प्रकृतिक समस्या र प्रशारण लाइनमा समस्या भएमात्र समस्या हुने तर नोलाइटको समुह २४ घण्टा तयारी अवस्थामा हुने भएकाले ग्राहकले अन्धकारमा बस्नु नपर्ने जनाएको छ ।

हाल रातको समयमा नौ सय मेगावाट न्यूनतम् र १२ सय मेगावाट पिकआवर (६–१० बजे) मा माग हुने गरेको छ । जडित क्षमता १६०० मेगावाट र माग भने १२ सय मेगावाट छ, थप चारसय मेगावाट विद्युतको व्यवस्थापन अझै हुन सकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ