धनगढी,३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ।सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै आज ३० गते नेपाल बन्दको घोषणा गरेको हो । नेकपा महासचिव चन्दले गत बिहीवार वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका थिए । नेकपा महासचिव चन्दले गत बिहीवार वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका थिए । कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।