thumb

धनगढी । कैलालीमा मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गएको छ। कैलारी गाउँपालिका-१ हसुलियामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ब७प ३३८० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको गोरुगाडा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कैलारी-३ का २५ वर्षीय सोलुचन चौधरी रहेका छन्। उनको सेती प्रादेशीक अस्पताल ल्याउँदै गर्दा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमै सवार सोही ठाउँका २४ वर्षीय बुद्धिसागर चौधरी घाइते भएका छन्। मोटरसाइकल चालक कैलारी(३ कै लौटन चौधरी भने फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ