Screenshot_20211223-184622_Facebook

कञ्चनपुर, ८ पुस। कञ्चनपुरको कृष्णपुर नगरपलिकामा स्थानीयले तालाबन्दी गरेका छन्। वडा नम्बर ६ को कार्यालय निर्माणका विषयमा भएको विवादका कारण तालाबन्दी गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार वडा अध्यक्षले आफ्नो टोलको पायक पर्ने ठाउँमा कार्यालयको भवन निमार्ण गर्न ठेक्का सम्झौता गरिसकेको छन्।  ‘वडा अध्यक्षले विद्यालय क्षेत्रमा रहेको प्राकृतिक ताल मिचेर भवन बनाउन लागिएको छ’ एक स्थानीयले भने, ‘अध्यक्ष ज्यूले सम्पूर्ण वडावासीलाई पायक पर्ने ठाउँभन्दा आफ्नो टोललाई पायक पर्ने ठाउँमा कार्यालय बनाउन लाग्नुभएको छ।’तर वडा नम्बर ६ का अध्यक्ष नथुराम चौधरीका अनुसार उक्त जमिनबाट स्थानीयले वर्षौदेखि रातो माटो निकालेकाले त्यहाँ खाल्डो परेको बताएका छन्। ‘केही व्यक्तिहरुले षडयन्त्र गरेका छन्। वडाको भवन सबैलाई पायकपर्ने ठाउँ कृषि सडकको क्षेउमा रहेको छ’ अध्यक्ष चोधरीले भने, ‘सार्वजनिक जग्गा विद्यालयले प्रयोग गर्दै आएको थियो। त्यसै ठाउँमा भवन बन्न लागेको छ।’
नगरपालिकामा तालाबन्दी हुँदा त्यहाँको कामकाज ठप्प बनेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ