Screenshot_20211229-082647_Facebook

धनगढी । सामुदायिक विद्यालयमा १३ हजारका शिक्षकका लागि आवेदन आह्वान गरिएको छ । 

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि १३ हजार ९३ पदका लागि आवेदन आह्वान गरेको हो । 

“खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन सक्नु हुनेछ,” आयोगले भनेको छ । आयोगको अनलाइन https://online.tsc.gov.np बाट दरखास्त दिन सकिने छ । 

एक महिनाभित्र आवेदन दिन सकिनेछ । लिखित परीक्षा ०७८ चैत १९ गते हुने आयोगले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ