हसुलिया, १४ पुस। कैलालीकाे कैलारी गाउँपालिका-५, कटैनी नदीकाे ढिककाे बाटाे हिलाम्मे भई हिड्नेहरुलाई सास्ती भएकाे छ। सिमसिमे पानीले निमार्णाधिन अवश्थामा रहेकाे हुलाकी मार्गमा साे सडक-खण्डकाे बाटाे हिलाम्मे भएकाेले दैनिक अाउजाउमा एकदमै अप्ठ्यारो भएकाे कुरा बाेण्ड स्कुलकाे शिक्षिका बालमोती चौधरीले जानकारी गराइन। साे बाटाे भएर दैनिक पैदल, साईकल, माेटरसाईकल यात्री, विद्यार्थीहरुलाई अाेहाेर-दाेहाेर गर्ने गरेकाे छन। सम्बन्धित गाउँपालिकाकाे समयमै ध्यान जावस्।