Screenshot_20220703-174157_Facebook

हसुलिया, १९ असार । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका हसुलियास्थित इलाका प्रहरी कार्यालय कैलालीकाे प्रमुख दिपेन्द्रराज राज भट्टलाई विदाई कार्यक्रम गरिएकाे छ ।

इन्चार्ज भट्ट दिपायल सरुवा भएपछि गाउँपालिकाबाट अाइतबारका दिन एक कार्यक्रमकाे विच विदाई कार्यक्रम गरिएकाे हो । गाउँपालिकाकाे अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवती कुमारी चौधरी खादा माला सहित इन्चार्ज भट्टलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा कैलारी गाउँपालिकाकाे नौ वडाकाे अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखाकाे प्रमुख गणेशप्रसाद मिश्र, पशु शाखा सूर्य प्रसाद चौधरी, अनुसन्धान विभागकाे जीवन भट्ट, लगायतकाे सहभागिता रहेकाे थियाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ