हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको कटैनी नदीमा आएको बाढीले भत्काएको बसन्ता र रामपुर पुलको अनुगमन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले शनिबार विहान उक्त पुलको अनुगमन गर्नुभएको छ । दुई वटै पुलको अनुगमनपछि अध्यक्ष चौधरीेले तुरुन्तै व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए । आधा बगेको पुललाई संचालन गर्न सामुुदायिक बनसंग समन्वय गरी काठको व्यवस्था गर्ने लाग्ने खर्च पालिकाबाट व्यहोर्ने गरी चाडै व्यवस्थापन गर्ने अध्यक्षले प्रतिबद्धना जनाएका छन । अनुगमनमा नेपाली काँग्रेस कैलारी गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद चौधरी, पार्टीका क्षेत्रीय सचिव रमेश चौधरीको पनि उपस्थिति रहेको थियो । महत्वपूर्ण कृषि सडकको काठे पुल भत्काएपछि स्थानीयवासी जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले भत्काएर आधा बगाएपछि भुईयाँफाँटा, रामपुर, तिघरी गाउँका किसान जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य भएका हुन । बिहीबार आएको बाढीले सो पुल भत्काएर बगाएको थियो । खेतीपातीको चटारो चलेको बेला पुल बगेपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको छ ।
Advertisements