माेती रत्न। धनगढी, ३० असार । गत बर्षकाे बेमौसमी बाढीबाट भएकाे धानवाली राहतकाे लागी अाएकाे २२ करोड २२ लाख ८५ हजार ५ सय ९८ रुपैयाँमध्ये ६ करोड ८ लाख ४८ हजार १६४ रुप्या केन्द्रमा फिर्ता हुने अवस्थामे पुगेकाे छ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे जेठ ११ गतेकाे निर्णयानुसार बेमौषमी वर्षाद्काे कारण धानवालीमा भएकाे क्षति वापतकाे राहत रकम जिल्लाका सबै स्थानीय तहमा राहत रकम पठाइसकेकाे छ ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे संयोजक सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी कैलाली जिल्लामा ८३ हजार ३ सय ६५ जाने बाढपीडित किसानहरुकाे लागि राहत स्थानीय पालिकामा राहत रकम पठाएकाे बताए ।
“गत बर्ष असाेज–कार्तिकमा आएकाे बाढीकाे क्षति व्यहाेरेका किसानकाे तथ्याङ्क संकलन सम्बन्धित वडामा गरेकाे थियाे” समितिकाे संयोजक जोशीले भने, “कैलालीकाे १३ पालिकामा बाढीकाे १४ लाख ६ हजार ८७८ कटठामा लगाएकाे धानवली क्षति पुगेकाे तथ्याङ्क आएकाे थियाे । जिल्ला विपद् व्यवस्थापन समिति त्यही तथ्याङ्ककाे आधारमा राहत पठाएकाे थियाे।”
संकलित तथ्यांकानुसार बाढपीडित किसानहरुकाे राहत वितरण गरि स्थानीय पालिकाकाे यही असार २५ गतेभित्र विवरण बुझाउने जिल्ला विपद् व्यवस्थापन समिति आग्रह गरेकाे थियाे ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे संयोजक जोशी कैलालीकाे १३ स्थानीय पालिकालाई २२ करोड २२ लाख ८५ हजार ५ सय ९८ रुपैया क्षतिपूर्तिकाे लागी रकम पठाएकाेमध्ये १३ करोड ७७ लाख ८८ हजार ९६३ रुपैया वितरण भएकाे बताए । उहाँले भने, “पालिकालाई असार २५ गते राहत बाँडेर विवरण बुझाएका थिए। कोई कोई चेक पनि कटे । त्यसैले असार ३० गतेसम्म समय दिएकाे थियाे । त्याे समयसम्म फर्छौैैट न भएकाे रकम अब विपद व्यवस्थापन समिति काठमाडौंकाे खातामा फिर्ता हुनेछ ।”
कैलारी गाउँपालिकामा १० हजार ७७१ परिवारकाे २ लाख ३२ हजार ७४६ कटठामा लगाइल धानवाली क्षति पुगेकाे
थियाे। याे पालिकामा ३ करोड २१ लाख ६२ हजार ७७१ रुपैया राहत रकम पठाएकाे थियाे । यहाँ २ करोड ७१ लाख ९४ हजार २०१ रुप्या वितरण गरेकाे छ । ४९ लाख ६८ हजार ५७० रुपैया चाँही फिर्ता जाने अवस्था रहेकाे छ ।