गड्यौला लाई जैविक फोहर खुवाएर मल बनाउनको लागी गड्यौला पालन गर्ने कामलाई गड्यौला खेति भनिन्छ । यस प्रविधिद्वारा तयार पारिएको मललाई नै गड्यौला मल (Vermicompost) भनिन्छ। यसरी उत्पादित मलमा नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा सन्तुलित रुपमा हुने र रसायनिक मलभन्दा कम लागत लाग्ने हुनाले यो मल उन्नत मानिन्छ।
-गड्यौला मल बनाउन मुख्यतया निम्न प्रजातिका गड्यौलाहरु प्रयोग गरिन्छ:
इस्निया फोईटीडा (Eisenia foetida),
युड्रिलस युजिनीयल (Eudrillus eugineal),
पेरियोनक्स एक्याभेट्स (Perionyx excavatus) र लुब्रिकस रेवेलिअस (lubricous rebellious)
-गड्यौला पालन गर्ने तरिका:
– काठको बाकस, प्लास्टिक बाल्टिन, डालो वा कन्क्रिट पिट तयार पार्ने
– बाल्टिन वा बाकस छ भने पिंधमा मसिना छिद्र बनाउने र कन्क्रिट पिट हो भने ड्रेनेजको व्यवस्था हुनुपर्छ
– बाकसको पिंधमा हल्का खस्रो तथा सुक्खा चिजहरु जस्तै: पराल, छ्वाली, कागजको टुक्रा आदि, करीब १ देखी १.५ इन्च जति भर्ने
– त्यसमाथि थोरै मात्रामा हल्का माटो छर्ने र ओसीलो बनाउन हल्का पानि पनि छर्ने
– त्यसपछि गाई भैसीको सुकेको गोबर, खेर गएका तरकारीका टुक्रा, अन्य घाँस पातहरु, कागजका टुक्रा आदि सड्ने र गल्ने किसिमका जैविक चिजहरुलाई मसिनो पारी काटेर राख्ने र ओसीलो हुने गरी पानि छरिदिने
– अब गड्यौलाहरु फिँजाएर राख्ने र त्यस माथी कालो कपडा वा पराल आदिले ढाकिदिने
– उक्त बाकस / भाँडो/ कन्क्रिट पिट सिधै घाम तथा पानी नपर्ने ठाउँमा हुनुपर्छ।
-मल संकलन गर्ने तरिका
गड्यौलाले जैविक चिजहरु खाएर भर्खर निस्केको मल कालो, चिप्लो, खोक्रो र चियापत्तिको दाना जस्तो देखिन्छ । यस्तो मल २ ईन्च भन्दा बाक्लो देखिएपछि मल निकाल्ने समय भएको बुझ्नु पर्दछ र तल लेखिए अनुसार संकलन गर्नु पर्दछ ।
१. यदि बाल्टिन, डोकोमा पालेको छ भने घोप्टाएर नगलेका वा खान बाँकि चिजहरुलाई छुट्याउने र मललाई चुचुरो बनाई केहि बेर त्यसै छोड्ने
– गड्यौला उज्यालोमा नबस्ने भएकोले यो तल तल जान्छ र मललाई माथि बाट हल्का तरिकाले निकाल्ने र पुन: चुचुरो बनाईदिने र केहि बेर त्यसै छाड्ने
– यो प्रकृया मल भन्दा गड्यौला को मात्रा बढी नभए सम्म दोहोर्याउने र बाँकि रहेको गड्यौलासहितको मललाई फेरी सोही भाँडोमा राख्ने
२. यदि काठको बाकस/ कन्क्रिट पिटमा पालन गरिएको छ भने त्यसमा रहेको कम्पोस्टलाई गड्यौला सहित एक कुना बाट अर्को कुनामा सार्ने
– खाली ठाँउमा पहिलेझैँ बेड बनाउने र खानेकुराहरु राखिदिने
– त्यपछि पहिलेझैँ छोपेर केहिदिन त्यसै छाडिदिने
– गड्यौलाहरु पहिलेको स्थानमा खानेकुरा सकिएपछि नयाँ ठाँउमा जान्छन् र पहिले राखेको स्थानबाट मल निकाल्ने र पुन: त्यस ठाँउमा पनि खानेकुरा राखिदिने।
यो मल साधारण कम्पोष्ट मलभन्दा पनि बढि प्रभावकारी हुनाले यस्को उपयोग प्राङ्गारिक खेति, व्यवसायिक खेति र कौशी खेतिमा पनि बढदो छ। त्यसकारण तपाइहरू पनि यो अवसरको फा