FB_IMG_1662098244265

कैलाली । कटैनी नदिमा आएको बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ता गाउँ डुबान भएको छ ।
बिहीबार राती भएको वर्षाले कटैनी नदिमा बाढी आएको छ । बाढीले छटकपुर बसन्ताको ५० बढी घरमा बाढी पसेकोे गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले जानकारी दिए ।
त्यसैगरि बाढीले बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँका केही घर डुबानमा परेको छ ।
बाढीले वडा कार्यालय जाने बाटो पनि डुबाएको छ ।
उता कान्द्रा नदिमा आएको बाढीले भजनी नगरपालिकाका विभिन्न गाउँ डुबानमा परेका जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ