Screenshot_20220902-120143_Facebook

काठमाडौं : प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको छ।
आजको बैठकमका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।

कानुन , न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ( तेस्रो संशोधन) विधेयक २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ