Screenshot_20221120-192156_Facebook

डडेल्धुराः प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार  डडेल्धुरामा ९१ हजार २ सय मतदाता रहेकामा  ५६ प्रतिशत मत खसेको हो।यहाँ प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।यसैगरी प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्। डडेल्धुरामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल कायम भएका थिए। यहाँको कूल मतदाता संख्या ९१ हजार १०२ रहेको हो।सबै मतदान केन्द्रबाट मत पेटिका आउने क्रम जारी रहेको र मतपेटिका आइसकेपछि मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ