सुनसरी–१ मा हर्क साम्पाङ अहिले १,०८२ मतले अगाडि छन्।
धरानमा भइरहेको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ५,८११ मत पाएका छन्। उनका नजिकका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ सरिनले ४,८०१ मत पाएकी छन्।
अन्य उम्मेदवारको मत यस प्रकार छ:
मनोज भट्टराई (नेकपा) – १,१९१ मत
सुजेन्द्र गोले (कांग्रेस) – ८१० मत
टीकाराम लिम्बू (एमाले) – ७९३ मत
उद्धव श्रेष्ठ (राप्रपा) – ३५९ मत
धरान उपमहानगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मको मतगणना हुँदा कुल १२,८९८ मत सदर भएको छ भने ७०५ मत बदर भएका छन्।