हसुलिया। कैलारी गाउँपालिका वार्ड नम्बर ५, छाेटी पलियामा जनचेतनामूलक नाटक प्रस्तुति तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ।
सृर्जना समाज छाेटी पलियाकाे आयोजनामा र समाजिक विकास मन्त्रालय सुदुर पश्चिम प्रदेश र कैलारी गाउँ पालिकाकाकाे प्रबद्वन र तेज कन्सल्टेन्सी एसाेसियसन मुख्य प्रायाेजक रहेकाे उक्त कार्यक्रम कार्तिक २५ गतेका दिन भव्य साँस्कृतिक कार्यक्रम हुने भएकाे हाे।
सबृद्व राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ जिवन भन्ने मुल नाराका साथ हुने कार्यक्रममा लागु औषध र बाल बिबाह नियन्त्रण सम्बन्धि जनचेतनामूलक नातक तथा थारु साँस्कृतिक झाँकिहरु प्रदर्शन हुने स्थानिय शंकर चाैधरीले जानकारी गराएका छन।