बर्दिया , ३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै दश जनाको ज्यान गइसकेको छ ।