tiger_in_a_trap_in_bardiya_QfwMNJoyT2-768x577

खाता, १५ चैत । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ ।
डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।
यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले बताए ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।
बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको अनुमान रहेको छ । पछिल्लो पटक गएको मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् ।
बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ