161595023_2773741879559727_4695103436995874284_n

ठाकुरद्वारा १, चैत्र। बर्दिया जिल्लाको ठाकुरद्वारामा समुदायमा आधारित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सहजकर्ताहरुका लागी सहजीकरण तालीम बिहीबार सम्पन्न भएको छ।

सगोल कास्की पोखराको आयोजना तथा ख्रिष्ट्रीय एकता समाज कैलाली र बर्दियाको सहकार्यमा ठाकुरद्वाराको थारु होम रिसोर्टमा चार दिनसम्म चलेको थियो । समापन कार्यक्रममा बोल्दै कार्यक्रम प्रबन्धक राज कुमार रायमाझीले सगोलको काम कर्तब्य र उदेश्यको बारेमा, कार्यक्रम छनौटमा परेका कैलाली जिल्लाको कैलारी गाउपालिका र बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको बिपदको अवश्थाको बारेमा साथै सहभागीहरुको जिज्ञासाको बारेमा स्पष्ट गर्नु भएको थियो भने तालिमको सहजीकरण तालीम स्रोत ब्यक्ति विजय सिंह ठकुरी र क्षमता विकाश अधिकृत हरी शरण अधिकारीले गर्नु भएको थियो । र सहभागीहरुलाई कार्यक्रम प्रबन्धक राज कुमार रायमाझी र तालिमको सहजीकरण तालीम स्रोत ब्यक्ति विजय सिंह ठकुरीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कैलालीका सहभागी बिनीता चौधरी, मोती राम चौधरी, बर्दियाका सहभागी प्रदीप राय र समा चौधरीले आफुले सिकेका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसंग सम्बन्धित कार्य तथा सिकेका कुराहरु आफ्नो समुदायिक जीवनसंग सम्बधित भएकोले समुदायमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। बिनीता चौधरी र रंजीता चौधरीले बिदाई गीत गाएको कार्यक्रममा बर्दियाका सहभागी दिल्ली राज चौधरीले सञ्चालन गरेका थिए।

विपद जोखिममा रहेका कैलाली र बर्दिया जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाका १८ जना सहभागीहरुको उपस्थिति रहेको कार्यक्रममा सगोलकै कैलाली जिल्ला सहजकर्ता रामसमझ चौधरी र बर्दिया जिल्ला सहजकर्ता टिक बहादुर थारू लगायटको उपस्थिति रहेको थियो साथै समापनको साँझ बेटहनी युवा क्लबद्वारा लट्ठी, झुम्रा नाच प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ