Screenshot_20250129-084332_Facebook

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले करोडौं लगानी गरेर खरिद गरेका सवारीसाधन अहिले कुहिने अबस्थामा थन्किएका छन । यसले राज्यको करोडौं पानीमा वालुवा झै भएको छ ।

उपमहानगरपालिकामा डाक्टर धवलशम्सेर राणा मेयर हुँदा नगर कार्य समितिले निर्णय गरि सात वटा बस खरिद गरेको थियो ।

शुरुआती चरणमा ठुलै तामझाम गरिएको भए पनि उपमहानगरपालिकाकै उदासीनता र लापरवाहीले अहिले ती बस बसपार्कमा अलपत्र थन्काइएका छन।

पहिला केही समय यात्रुलाई सहुलियत भन्दै नेपालगन्जमा चलाइएपनि यसलाई नियमित गर्न नसक्दा उपमहानगरपालिकाले ठेक्कामा दिएको थियो । ठेक्कामै पनि ती सबै बस अहिले निरन्तर सन्चालनमा आउन सकेका छैनन् ।

उपमहानगरपालिका सातबटा बसमा उबेला करिब पाँच करोड लगानी गरेको नेपालगन्ज उपमहानगरपालिका श्रोत बताउँछ । यी बस सन्चालनमा ल्याउने तर्फ नेपालगन्ज उपमहानगरपालिकाको अहिले पनि ध्यान जान सकेको देखिदैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ