IMG_20250211_213638

धनगढी, २९ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५ पवेरामा रहेको बोण्ड ईंगलिस बोर्डिङ स्कूलको १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धोजहरिपाल बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उनले विद्यार्थीको भविष्य बनाउन शिक्षक र अभिभावकको बराबर भूमिका रहेको बताए ।
‘बालबालिकाहरुलाई घरबाट विद्यालय पठाई दिए, अब पढी हाल्छन भन्ने होइन,’ उनले भने, ‘छोरा छोरीहरुको गृहकार्य चेक गर्ने, बालबालिका विद्यालयबाट समयमा घर फर्के की फर्केनन् । कस्ता साथीहरुसँग संगत गरिरहेका छन् । त्यो चाही अभिभावकहरुले चासो दिनु पर्ने आवश्यक हुन्छ ।’
उनले भने, ‘घर पहिलो विद्यालय हो भने अभिभावक पहिलो शिक्षक हुन् । घरमा राम्रो संस्कार सिकायो भने विद्यार्थीको पढाईमा त्यसै पनि सुधार ल्याउन सकिन्छ ।’
‘हरेक अभिभावकले आफ्ना बालबालिकाको भविष्य राम्रो भएको देख्न चाहन्छन, त्यसैलेसे जति पनि लगानी लगाउन तयार हुन्छन त्यसमा विद्यार्थीको भविष्य राम्रो बनाउन आर्दश शिक्षकको भूमिका पनि ठुुलो हुन्छ’, वडा अध्यक्ष बोहराले भने ।
अहिले यूवा लागु औषध दुव्र्यसनीसँगे मोवाइलका कारण पनि विग्रि रहेकोले अभिभावकहरुले सचेत हुनु पर्ने उहाँले बताए ।
कैलारी गाउँपालिका शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र गाउँपालिकाको शिक्षा सूचक सुधार ल्याउन बोण्ड स्कूलले पनि साथ दिएको बताए । गाउँपालिकाले सञ्चालन गर्ने शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप हुन या खेलकुद कार्यक्रममा यो विद्यालय एक स्थान ओगटन सफल भएको उनले बताए ।
अबको शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसेक्ने खालको हुनु पर्ने पनि उनले बताए । शैक्षिक गुणस्तर बढाउन विद्यार्थीहरुलाई पाँच वटा वर्गिकरण गरि सिकाई प्रणाली अपनाउन र विद्यार्थीको तुलनामा ल्याप, भौतिक पूर्वधारमा ध्यान दिन उनले सुझाव पनि दिएका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल तिलक बोहरा विद्यालयलाई यहाँसम्म पु¥याउन अभिभावकहरुको योगदान रहेको बताए । उनले भने, ‘यो विद्यालयमा अध्ययन विद्यार्थी कक्षा आठको पालिकास्तरीय परिक्षामा स्थान हासिल गर्न सफल भएका छन् । विद्यालय संस्कारसँगै व्यवहारिक शिक्षामा जोड दिएको छ ।’
कार्यक्रममा एन प्याब्सन कैलारी गाउँपालिका अध्यक्ष तथा ब्राईटस्टार बोर्डिङ स्कूलका प्रिन्सिपल मनिप्रसाद चौधरीले सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको परिक्षाफल राम्रो भएकोले स्थानीय तहले संस्थागत विद्यालयलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा अभिभावक तथा पवेरा गाउँका भल्मन्सा रामबहादुर कठरिया, अभिभावक तथा जनकल्याण माविका तेजराम चौधरी, विद्यार्थी आराध्य बोहरा, ग्रेसी चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका भाइस प्रिन्सिपल बमबहादुर धामी १६ बर्ष पहिले विद्यालय सञ्चालन गर्दा जम्मा ६०÷७० जना विद्यार्थीबाट सुरुवात गरेको र अहिले यस विद्यालयमा ५६५ जना विद्यार्थी रहेको बताए ।
उनले भने, ‘बोण्ड स्कूल गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकहरुको मन जित्न सफल भएको छ । पहिले विद्यार्थी खोज्नु पर्ने अवस्था थियो । अहिले अभिभावक र विद्यार्थीमा आफै आर्कषण बढेको छ ।’
कार्यक्रममा गत बर्षको शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र यस बर्षको बार्षिकोत्सवको अवसरमा भएको विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार वितरण थियो । बार्षिकोत्सवको कार्यक्रममा विद्यार्थीहरुको सामुहिक तथा एकल नृत्य प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ