महेन्द्रनगर। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवजवाजतमा बन्द गरिएको छ।
शनिबार महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारी साधनमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
‘महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइँदै आएको छ। शनिबार १ लाख १५ हजार क्युसेक पानी पुगेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीमा रोक लगाइएको हो’, उनले भने।
शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।