FNJ-logo

धनगढी, १२ चैत । नेपाल पत्रकार महासंघ कैलाली शाखाका कार्य समिति सदस्य ठागुराम कठरियाले सदस्यता खारेजको विषयलाई लिएर महासंघमा तालाबन्दी गरेका छन् ।

उनले सदस्यता नवीकरण विषय सम्बन्धी महासंघले आफूलाई कुनै जानकारी समेत नदिई सदस्यता खारेज गरेको विज्ञप्तिमा जनाएको छ । कठरियाले पत्रकार महासंघको विधि, विधान मिची एकलौटी रुपमा गरिएको निर्णयलाई तुरुन्त सच्याउन महासंघलाई आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तिको सदस्यता खारेज गरिनु आदिवासी जनजाति पत्रकार माथि षड्यन्त्रपूर्ण व्यवहार गरेको कठरियाकले बताए । नेपाल पत्रकार महासंघ कैलालीमा २७ जना थारु पत्रकार महासंघको साधारण सदस्य रहेकोमा हाल समितिमा रहेका रविना चौधरीसहित सात जना थारु पत्रकारको सदस्यता खारेज गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ