img-04

काठमाडौं, १९ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसला विरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने / नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।

एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

त्यसको विरुद्धमा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

यहि निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने र नबढाउने बारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ