parvu-shah2021-04-07-11-30-05
Advertisements

काठमाडौँ,२५ चैत । शहरी विकास मन्त्री प्रभु शाहले माओवादी केन्द्रले गरेको कारबाहीबारे आपत्ति जनाएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री शाहले निर्वाचित सांसदलाई बर्खास्त गर्ने पुष्पकमल दाहाल प्रचण्डको निर्णय निरंकुशताको पराकाष्ठ भएको बताए ।

‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा९पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन’, उनले भनेका छन् ।

मन्त्री शाहले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउने प्रचण्ड आज फेरि नांगै भएको बताए ।

माओवादी केन्द्रले नेकपा एमालेमा गएका चार जना नेतालाई सांसदबाट मंगलबार निलम्बन गरेको थियो । माओवादी केन्द्रबाट मन्त्री बनेका चार जना प्रतिनिधिसभा सदस्यलाई सांसदबाट निलम्बन गरेको हो ।

एमाले प्रवेश गरेका चार सांसद माओवादी केन्द्रबाट निष्कासित

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी,शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ