हसुलिया २८, चैत्र।कैलारी गाउपालिका को पबेरा बजारमा शुक्रबार लागुओैषध बिरुद्धको जनचेतना मुलक होर्डिङ्ग बोर्ड राखिएको छ।
हर प्रहर गाउँ र नगरी ।
टोलटोलमा नेपाल प्रहरी।।
समुदाय-प्रहरी साझेदारी
(शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि)भन्ने जनचेतनामुलक नेपाल प्रहरी हसुलिया ईलाकाले पबेरा बजारमा बोर्ड राखिएको हो।यसको सौजन्य श्री कैलारी स्मार्ट युवा क्लब रहेको छ।
विश्वको हरेक देशमा लागू ओैषधले दिनदिनै बिकराल स्थिती पैदा गरि रहेको छ। लागू ओैषधको व्यापार गैरकानुनि तरिकाले लुकाई -ब्यापार गरि रहेकाे पाईन्छ। यसको सेवन ले (कुलत) बर्षेनि अकालमै ज्यान गुमाउनेको संख्यामा तिव्ररुपले बृद्धि भएको तथ्याङ्कले देखाउछ।
नेपालमा पनि दिनप्रतिदिन लागू ओैषध सेवन (कुलत)गर्नेहरुको संख्यामा दिनानुदिन बढिरहेको छ। विशेषगरी लागू ओैषधको कुलतमा फसेका बयस्यक,युवापिंढिहरु(युवायुवति)१७बर्ष नलाग्दै लागू ओैषधको कुलतमा फसदै गईरहेको पाईन्छ। यसको कुलतमा फसे मा ब्यत्तिगत जीवन का साथसाथै पारिवारिक कलह,सामाजिक तृस्कार समाजले उनिहरुप्रति गरिने ब्यबहार, हेरिने दृष्टिकोण फरक भै हाल्छ। नानाथरि..यो त ट्यापे हो…जगेरि,भगेरि ….हो
फलाना को छोरा छोरी हो यस्तै….. यस्तै अपमान खेपिरहेका हुन्छन लागु ओैषधको कुलत मा परेकाे घरपरिवार हरुलाई ।लागू ओषध सेवन गर्नु जीवन बर्बाद गर्नु हो।तर यो वाक्यांन्सलाई बेवास्ता गरि साथिसंगि,अरुको देखासिकि,गर्दागर्दै यसको कुलतमा फसिरहेका छन।यसको लट लागेमा दैनिकि चाहिन्छ त्यसको लागि किन्नलाई पैसाको जरुरत पर्छ र पैसा पाउनलाई अरुवाटो नपाए के गर्छन त ?चोरि गरेर भएपनि यो लागू ओषध सेवन गर्ने गर्छन।
लागू ओषधको सेवन ले झै-झगडा,चोरि,डकैटी,हत्या, लुटपात,बलत्कार ,आत्माहत्या,दुर्घट्ना र जघन्य अपराधका घट्ना निमत्याउछ।लागू ओैषध सेवनगर्ने, तस्करीगर्ने, बिक्रि बितरण,उत्पादन ,ओसार-पसार,निकासिपैठारि गर्ने गर्नु अपराध हो।यस्ता काम गर्ने जो कोहि लाई पनि कानुन अनुसार दण्डसजाई हुन्छ र सजाई भोगि रहेका पनि छन। तै पनि यसमा कमि आएको देखिदैन।किन भने नेपाल र भारत को खुल्ला सिमा-नाका भएको हुनाले पनि यसको तस्करि ,ओसार पसारमा ब्यत्ति, समूह,गिरहो नै सक्रिए छन।