received_2535140446795426
Advertisements

मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लो’पहुन लागेका दारका ठेकी बनाउनमा त’ल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वे’कबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति को’प्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दा’नी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसि’नमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कार’खानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बना’एरै बितेको बताउँछन् । ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सी’मित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन ।

काठको ठेकी अहिले उनी कति मानाको अ’धारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् ।
उनले ठेकी ब’नाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् । पहिले पानीघट्ट’को प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पा’दनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ ।

विद्युतबाट मेसिन सञ्चा’लन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दा’नी नहुने र बजारमा आएका आधुनिक भाँडा’कुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

इलाममा यस अघि कसैले पनि ठेकी नब’नाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरुको पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृतिको जगेर्ना गरेकोमा खुसी लागेको स्था’नीय दुर्गा दुलाल बताउँछन् । ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयो’गमा कमी आएको छ ।

हि’जोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अव’स्थामा पुगेको हो । पछिल्लो समय बिक्री कम हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेशा सङ्क’टमा परेको छ । ठेकी बनाउन’का लागि दार, कटहर, सिसौ, खिर्रो लगायतका काठको प्रयोग हुन्छ । – न्यूजबाट24

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ