धनगढी,१८ बैशाख । कोरोना भाइरस संक्रमणबाट धनगढीमा थप एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ३८ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार सेती प्रादेशिक अस्पतालको इसर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।कोरोना परिक्षण गर्दा शनिबार बिहान ११ बजे तिर उनको रिपोर्ट पोजेटिभ आएको थियो।
उनलाई कोरोना अस्पताल लैजाने क्रममा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए। यो सगै शनिबार अस्पतालमा चार जनाको कोरोनाका कारण ज्यान गएको छ ।