101534058_868653326958842_7743657328372613120_n

छविलाल कोपिला (प्रधान सम्पादक डग्गर त्रमासिक त्रैमासिक)

बा उर्फ काका

काका

अर्थात

अनिष्ट जब-जब काकाको अागमन हुन्छ

तब-तब देशमा अनिष्ट हुन्छ

मानौं,

उनको सबैभन्दा निकटको मित्र अनिष्ट हो ।

उनीसँगै भूकम्प अाउँछ

बाढी आाउँछ,

पहिरो आउँछ

अतिवृष्टि हुन्छ,

खडेरी पर्छ

महंगी बढ्छ,

अभाव हुन्छ

नीति भत्किन्छ,

बेथिति अग्लिन्छ

षड्यन्त्र हुन्छ,

जालझेल हुन्छ

लुट हुन्छ,

भ्रष्टाचार बढ्छ

भोकमरी हुन्छ,

महामारी फैलिन्छ

बलात्कार हुन्छ,

अपहरण हुन्छ

तर,

काकाले यसैलाई समृद्धि भन्नू हुन्छ

काकाका कारन्दाहरू खूब ताली पड्काउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ