185147534_321038939421497_1235705125513220466_n

हसुलिया, २९ बैशाख । कैलालीको बसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटानको कार्य लगभग ८० प्रतिशत सम्पन्न गरिएको छ ।

कैलारी गाउँपालिकाको बैजपुरदेखि बसन्ता सव डिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य सम्भव त भोलि नै रुख कटानिको काम पूरा हुने देखिन्छ। कैलारी गाउँपलिकाको वडा नं.७ र ५ मा लगभग २ किलोमिटरमा एकसय रुख कटानिको काम बाँकी रहेको थियो। बसन्ताहुँदै बैजपुर गाउँसम्म रुख कटानि हिजो साँझ सम्म भएको छ। कटानि भएको रुख गेल गर्न बाँकी रहेको बटाएको छ।

बैशाख २४ गतेदेखि शुरू गरिएको रुख कटान बढीमा १० दिनमा सम्पन्न गरेर राजमार्ग निर्माणको काम थाल्ने हुलाकी राजमार्ग आयोजना इन्जिनीयर पदम मडैले बताए । वनक्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटरमा भने कालोपत्रे बाटो बनिसकेको छ । विक्रम सम्वत २०७३ मा ठेक्का भए पनि वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो । गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा रहेको एक सय वटा रुख हटाउन आवश्यक रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ । सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ । तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले निर्माणको ठेक्का पाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ