maxresdefault

हसुलिया, ३० जेठ । पानी पर्न थालेपछि तराईमा रोपाइँ शुरू भएको छ।

ढिलोगरी रोपाइँ हुने सुदूरपश्चिममा यस वर्ष भने जेठको तेस्रो साताबाटै किसानहरू खेतमा देखिन थालेका छन्। कैलालीको कैलारी गाउपालिका ५ बैजपुरका सरद चौधरीले निषेधाज्ञा भए गएको हप्ता रोपाइँ सकिएको बताए।

समयमै रोपाइ गर्न नपाएपछि खल्ला ठाउँमा बाली नहुने उनी सुनाउँछन्। उनले भने, “रोजगारीका लागि बाहिर हुनेहरू पनि यो वर्ष घरमै छन्।”

रोपाइँ शुरू गरे पनि मलको भने अभाव भएको बैजपुर गाउँका रामकिसन चौधरीले बताए। मलखादको समस्या भएको छ, सहकारीमा समेत आएको थियो सकियो भनी भन्छन,” उनले सुनाए। सुदूरपश्चिमको तराइमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि रोपाइँ शुरू भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ