IMG20210708082410
Advertisements

२४, असार। बसन्ता सब बन डिभिजनद्वारा नर्सरी बितरण गरेको छ ।

सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला सव- वन डिभिजन कार्यालय बसन्ताद्वारा नि:शुल्क रुपमा किसानहरुलाई बन नर्सरी बितरण गरीरहेको छ।

तस्बिर प्रबिन बौखहि

कैलाली जिल्लाको कैलारी गाउपालिकामा अबस्थित सव- वन डिभिजन कार्यलय बसन्ताद्वारा बर्षातको उपयुक्त समयमा किसानहरुलाई विभिन्न बन नर्सरी,फल,फुल मसला,अमला,गुमोहर,कल्कि,सिसम लगायत अन्य बिरुवा बितरण गरि रहेको छ।बसन्ता सब बन डिभिजन कार्यलयमा कार्यरत स.ब.र.पदम सिंह कार्कीले भन्नू भयो “असाढको २०-२२ गते सम्म किसानहरुलाई जो नागरिकता र लालपुर्जाको फोटो कपि ल्याएमा(बुझाए) १००-५०० बोट नर्सरी ,आफ्नो वडाको सिफारिस ल्याएमा ५००बोट भन्दा माथि वा उसको आवश्यकता अनुसार दिने,सामुदायिक बनलाई चाहिएमा समितिको निर्णयको कागजपत्र बुझाएमा आवश्यकता अनुसार दिने र कुनै बन सम्बन्धि फर्म ले माग गरेमा फर्मदर्ता गरेकाे कागजपत्रको कपी बुझाएमा आवश्यक्ता अनुसार दिने र ब्यक्तिगत को हकमा एक जनालाई ५०वटा बोट नर्सरी अफिसमा ईन्ट्री गरेर बन नर्सरी दिने गरेका थियौ” भनेर जानकारी गराउनु भयो।

तस्बिर प्रबिन बौखहि

बसन्ता सब बन का कार्कीले अगाडि थपे:-बसन्ता सब बन डिभिजनमा लगभग १लाख ७५ हजार बन नर्सरी छ ।जसमध्ये हामीले आज बिहान(बिहिबार)सम्म २१हजार सम्म बोट बतरण गरि सकेका छौ।जम्मा बन नर्सरी मध्ये सब बन डिभिजनको पनि आफ्नै बोट (नर्सरी )रोप्ने योजना कार्यक्रम भएकोले आज बाट बिरुवा बितरण एक जनालाई २० वटा मात्र दिने गरिरहेका छौ।बसन्ता बन को कार्यक्रम योजना सक्काएर बोटबिरुवा बचेमा फेरि पनि किसानहरुलाई बिरुवा बितरण गर्ने छौ भनेर जानकारी गराउनु भयो।


बिउ (बीयाँ)पचास हजार कैलारी गापा.पचास हजार चुरे संरक्षन,पचहत्तर हजार बीउ बसन्ता सब बन डिभिजनको सहयोग मा बेर्ना तयार पारेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ