टिकापुर, २४ असार । कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालकको हत्या उनकै आफन्तले गरेको खुलेको छ ।
टीकापुर नगरपालिका ब्लक नं. ८ का विवेक बिष्टको हत्या उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीले गरेको तथ्य खुलेको हो । हत्याको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीष विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए । नाबालक विष्ट बुधबार मृत फेला परेका थिए ।

