216177092_4787612301281533_4908859037677363579_n

धनगढी: कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक डाक्टर धर्मराज उपाध्याय नियुक्त भएका छन्।

अहिलेका क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीन नियुक्त भएपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा. उपाध्यायलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यायलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो। यस्तै परिषद्ले प्रा.डा. भवानी चन्द ठकुरी विश्वविद्यालयको विज्ञान प्रविधि संकायको डीन नियुक्ति भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ