Samudayek

धनगढी, २ साउन/ कैलालीमा गाँजा फडानी गरिएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अनुरुप सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरको आयोजनामा गाँजा फडानी गरिएको हो ।

धनगढी उपमहानगरपालिका–५, हसनपुरमा करिब १० कठ्ठा क्षेत्रफलमा आफै उम्रेको गाँजा फडानी गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरका सचिव भिम चौधरीले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली, सेवा केन्द्रका पदाधिकारी तथा सदस्य र स्थानीयहरुको सहभागितामा गाँजा फडानी गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरका अध्यक्ष जनकराज पाण्डेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ