Screenshot_20210721-102530

धनगढी,६ साउन  । कैलालीबाट मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार आदेश जारी गर्दै मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनको लागि अनुमती दिएका हुन् ।

यसअघिसम्म जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालनमा थियो । ‘त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालन हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सकिनेछ,’ प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ