FB_IMG_1626863000346

हसुलिया, ६ सावन । स्व. कमरेड फुलराम चौधरी (श्रोत) ज्युको दोस्रो स्मृति दिवस जानकी ८, मम सेन्टरमा मनाईएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी गाउँकमिटी सचिव कृष्ण सोडारीको अध्यक्षता भएको स्मृति दिवसको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य पुर्व संविधानसभा सदस्य तथा कैलाली जिल्ला इन्चार्ज रुपा चौधरी रहनु भएकी थिइन । विशिष्ट अतिथिमा स्व. फुलराम थारुको जीवन संगिनी सुमित्रा थारु रहेकी थिइन । स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण चौधरी, अखिल जेष्ठ नागरिक मंच कैलालीका अध्यक्ष पदम गिरी, पार्टी नेता धन बहादुर बि.क., लम्की चुहा नपा पार्टी नगरकमिटी सचिव लाल बहादुर कुमाल, पार्टी नेता तथा जानकी ८ वडा अध्यक्ष डम्मर बहादुर थारु, अखिल नेपाल शिक्षक संगठन प्रदेश कमिटी सदस्य जन्म राज रेग्मी पार्टी नेत्री अमृता भट्टराई परिवारको तर्फ बाट मित्रलाल चौधरी लगायतकाले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
जनताहरुले अझै पनि सुख शान्ति अमन चयन पाउन नसकेको ले जनताहरुको समस्या समाधान गर्न तथा जनआन्दोलन सहिदहरुको बलिदान बाट प्राप्त उपलब्धि लाई संस्थागत गर्न र संविधान को रक्षाको लागि माओवादी महाध्रुविकरण गर्नु पर्ने पार्टी नेत्री तथा प्रमुख अतिथि थारुले बताइन । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्व. कमरेड फुलराम चौधरीले देखाएको असल मार्गमा चल्न तथा देखेको सपना पूरा गर्न पनि प्रतिवद्धता व्यक्त गरिन । दिवसको आयोजना जानकी गाउँ कमिटीले गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ