दिब्या प्रयासी
सांसद बिहिन थरुहट
म प्रश्न माथी प्रश्न गरे ?
तिमी संग ।
तिमी न्यायाधीश हौं नि ?
तिमी सरकार हौं नी ?
तिमी कानुन हौ नि ?
तिमी रास्ट्रपति , मन्त्री र नेता हौं नि ?
तिमीसंग मैले के आशा गरु ?
जब
बिस्वको एक इतिहास नेशनल मन्देला
पत्थरको काप फुट।उने एक पिपल
थरुहतको सांसद लाई
जेल नेल कारागारमा थुनेर
निमुखा , सर्बहारा र दिन दुखीको
अधिकार त खोस्यो तिमीले ।
35हजार जनमतको कदर गरेनौ तिमीले ।
त्यसैले दिक्कार लाग्छ ।
कहिले त ।
म थारु हु भनेर
कहिले नेपाली हु भनेर ।
त कहिले गर्व लाग्छ
किन कि !
बुद्धको सन्तती हु ।
बिरगोर्खालि थारुको धर्तीपुत्र हु ।
वीर दंगिसरणको सन्तती हु ।
त्यसैले गर्व लाग्छ ।
तर
न्याय अधिकार र सत्यलाई
जीउँदै घाती निमोतेर खाइको देख्दा ।
मन पतक्क मर्छ ।
म थारु नेपाली
तिम्रो गोचाली हु भनेर ।
म मै माथी प्रश्न गरिरहेकि छु ।
म सोझा थारु भै जन्मे किन ?
म लचार चेली भै जन्मे किन ?
जहाँ
जातीयबादी सरकार छ ।
जहाँ जातीय अधिकार छ ।
जहाँ जातीय न्याय छ ।
र जातीय न्यायाधीश छ ।
जहाँ जातीय नियम कानुन छ ।
जहाँ सांसद बिहिन थरुहत छ ।
त्यसैले
मलाइ दिक्कार लाग्छ ।
नेपाली हु भनेर गोचाली ।
न्याय अधिकार को राको बल्दा ।
नुमुखा सर्बाहारा जनजाती दलित ।
हरुको हुलमा रातो क्रान्ति जन्मिदा ।
कथै !
सांसद बिहिन मेरो थरुहत ।
तिमी याद राख ।
मान्य सांसद रेशम ज्यु
लाई जेलनेल कारागार मा थुनिनु को पिडा ।
यहाँ फेरि जन्मि सकेछ्न ।
सर्बहारा ,निमुखा ,दिन ,दुखीको काखमा
कैयो !
लिम्बू, राई, श्रेष्ठ , थारु , कामी ,दुम
हो कैयो रेशम जन्मीसकेका छ्न ।
हिटलर , जलवा, नेशनल मन्देला ।
तिमीले
सांसद बिहिन थरुहत ।
बनाएको उपहारमा ।
जन्मेका छ्न संयो रेशम ।🙏🙏
जय थरुहट जय मातृभुमी जय नेपाल 🇳🇵🇳🇵🙏
🇳🇵🇳🇵