FB_IMG_16169738266442063

कैलाली, ७ साउन । थारू समुदायको अधिकार र पहिचानका लागि भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको अभियान शुरु भएको जनाएको छ ।

विगत लामो समयदेखि विभिन्न माग सहित शान्तिपूर्ण तरिकाले अभियान सञ्चालन गर्दै आएको तथा कोरोनाको कारण उक्त अभियानलाई स्थगित गरिएको मोर्चाको जिल्ला संयोजक माधब चौधरीले जानकारी दिए । उनका अनुसार केन्द्रबाट नै एक विज्ञप्ती जारी गर्दै थरुहट कोर्चाले पुन तेस्रो चरणको आन्दोलन शुरु भएको जानकारी दिएको छ ।

थरुहट आन्दोलनले उठाउँदै आएका माग र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने, संघीय संरचना निर्माणका क्रममा थारूबहुल जिल्लालाई समेटेर थरुहट थारुवान प्रदेश बनाइनुपर्ने, टीकापुर घटनालाई राजनीतिकरुपले समाधान गरि माननीय रेशम चौधरी लगायतको मुद्धा खारेजी गर्नुपर्ने जस्ता माग राख्दै विभिन्न चरणको आन्दोलन गरिसकेको संयोजक थारुले बताए ।

उनले तेस्रो चरणको आन्दोलनमा यहि साउन २५ गते काठमाडौंबाटै बृहट अन्तक्रियाको शुरुवाट गर्ने, साउन २५ गतेदेखि ३२ गते सम्म थरुहटका सम्पूर्ण जिल्लाहरुमा राजबन्दी रिहाई तथा झुठा मुद्धा खारेजीका लागि अन्तरक्रिया, छलफल, बैठक गर्ने, भदौं १ गते माइतीघर मण्डेलामा घर्ना दिने, भदौं ७ गते टीकापुर थरुहट थारुवान विद्रोह दिवसको अवसरमा सम्पूर्ण जिल्लाहरुमा विरोध सभा गर्ने र भदौं ८ र ९ गते प्रतिशोधकोरुपमा जनप्रर्दशन गर्ने कार्यक्रम रहेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ