20210723_103451

हसुलिया, ९ सावन। लगातार बर्षापछि बाढी, कटान, डुबानको समस्याले ग्रसित भएको कुरा सबैलाई. अवगत नै छ। यो पंतिकार कैलारी गाउँपालिकादेखि टिकापुर नगरपालिकासम्म काम बिशेषले हुलाकी मार्ग भएर जाँदा बाटोमा जे देख्यो त्यहि चित्रमार्फत देखाउन खोजिएको छ सम्बन्धित सबैको ध्यान जावस्।

कैलारी गाउँपालिकाको वार्ड न. ७ अन्तर्गत बरका बसन्ता र छोटी बसन्ता जोड़ने सड़क जुन सड़क बसन्ता जंगलको २ किलोमीटर हुलाकी बाटोमा रुख कटानी मात्र भएको र मातो पटानी, ग्राबिल र पिच गर्न बाँकी छ जसमा हजारौ गाडीहरु चल्छन, त्यो सड़क खण्डमा अन्दाजी ३ फिट पानी जमिरहन्छ, सम्बन्धितको ध्यान जावोस
भजनी नगरपालिकाको चर्रामा बाढी घरमा पसेपछि हुलाकी सडकमै पाल टाँगेर बस्न बाध्य बिस्थापित परिवार, सम्बन्धितको ध्यान जावोस
भजनी नगरपालिकाको वार्ड न. ५ लालबोझिमा निर्माणधिन हुलाकी मार्ग कटानी भएको छ। सम्बन्धितको ध्यान जावोस
भजनी नगरपालिकाको हुलाकी मार्गको ठेकी गाउँस्थित निर्माणधिन कान्द्रा नदीको पुल, कहिले सम्म निर्माण सम्पन्न हुने? सम्बन्धितको ध्यान जावोस
भजनी नगरपालिकाको हुलाकी मार्गको ठेकी गाउँस्थित निर्माणधिन कान्द्रा नदीको पुल निर्माण नहुंदा जोखिमपूर्ण डुङगाको यात्रा गर्न बाध्य यात्रुहरु? सम्बन्धितको ध्यान जावोस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ