deuba (1)

काठमाडौं/सरकारले भूमी सम्बन्धी आयोग खारेजको निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।आयोगका पदाधिकारी मात्र नहटाई सरकारले आयोग नै खारेज गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

खारेज गरिएको भूमि आयोगका अध्यक्षमा देवी ज्ञवाली थिए । उनी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरका प्रत्याशी भई रेनु दाहालसँग पराजित भएका थिए ।

यसैगरी, मन्त्रिपरिषद्को नियमित बैठकले शिक्षा सेवा आयोगको अध्यषमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन छन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले आचरण विपरीत काम गरेको भन्दै नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँदै सरकारका प्रवक्ता ज्ञानेन्दबहादुर कार्कीले भने, “नेपाल रेल्वे विभागका महाप्रवन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ